काठमाडैँ। पहिरोले पुरिएर बागलुङमा ७ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण छुट्टाछुट्टै ठाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।
वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका हुन् । तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् ।
वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको छ ।
प्रतिक्रिया