• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी कर्णाली समाचार

    एक वर्षमा रारा पुगे १७ हजार पर्यटक, करिब ४६ लाख राजस्व संकलन

    5K
    SHARES



    काठमाडैं । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल तथा नेपालकै ठुलो र गहिरो ताल रारा घुम्न आउने आन्तरिक पर्यटककाे संख्या बढेकाे छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ बाह्य पर्यटकभन्दा रारामा आन्तरिक पर्यटकको चाप बढिरहेकाे हाे ।

    अघिल्लाे आर्थिक बर्षमा १७ हजार २ सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका थिए । रारा धर्तिमा भएपनि सबैले स्वर्गको टुक्राका रुपमा वर्णन गर्ने गरेका छन् भने रारामा पाइला टेक्दा र दृष्य देख्दा स्वर्गको अनुभुति हुने भएकाले पर्यटकहरु रारालाई स्वर्गको रुपमा वर्णन गर्ने गर्दछन् ।

    गएको वर्ष आन्तरिक पर्यटक १७ हजार, सार्क नागरिक ६० जना, अन्य देशका नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त संरक्षण अधिकृत जयहरी धितालले जानकारी दिएका छन् ।

    यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ११ हजार पर्यटक रारा पुगेका थिए । गत बर्ष भन्दा यो बर्ष ६ हजारले रारा पुग्ने पर्यटकहरु बृद्धि भएका हुन । रारा घुुम्ने समय फागुुनदेखि असार अन्तिमसम्म, असोजदेखि मंसिर र पुसदेखि माघ महिनासम्म उपयुक्त मानिन्छ । पछिल्लाे समय सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै गइरहेकाे छ ।

    पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा पुग्दा रमाउन पाउनुका साथै खस राज्य रहेको ठाउँको दृष्याअवोलोकन गर्न पाइने भएकाले स्थलमार्गबाट पर्यटकहरु रारा पुग्ने गरेका छन् । रारा आउने पर्यटकहरु घोडा चढेर मुर्माटपसम्म पुगेर फर्किने गरेका छन् ।

    रारामा पर्यटकरु घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्नुका साथै यहाँ रहेका धार्मिक स्थलहरु लागुडा महादेव, छाप्रु महादेव, रारा महादेवहरुको दर्शन पनि गर्ने गर्दछन् । कर्णाली राजमार्ग ब्यबस्थित नहुदाँ र रारा विमानस्थलमा नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एक पटक आईसकेपछि पुुन आउन आनाकानी भने गर्छन्।

    नाग्मदेखि गमगढी सम्ममा सडकखण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरु बताउँछन । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य बर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।

    गत बर्षको साउनदेखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ