काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै सहयाेगि बाट भएकाे प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ गते मृत अवस्थामा फेला परेका थिए ।
घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । प्रहरीसँग आरोपीले हत्या गरेको पनि स्वीकारेका छन् ।
पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा उनले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृत भन्छन्- ‘पोलिग्राफ परीक्षण गर्दा उनले ढाँटेको देखिएको छ ।’
रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएकाे बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।
प्रतिक्रिया