• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विमान दुर्घटना : मृतककाे आर्टीफीकेशन प्रणालीबाट शव पोस्टमार्टम गरिने

    0.9K
    SHARES



    काठमाडौँ । शौर्य एयरलाइसको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।

    मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी आर्टीफीकेशन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सो प्रविधिबाट सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण गरिने चिकित्सकहरूले बताएका छन् ।

    दुर्घटनामा एक १० वर्षीया बालकलगायत १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया