काठमाडौं । पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ । सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो ।
पोखरामा सौर्यको नियमित उडान नभए पनि प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा उक्त जहाज दुर्घटनामा परेको हो ।
परीक्षण उडानमा रहेकाले यो जहाजले आफ्नै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।
जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार रहेका विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया