• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, काभ्रेघाटतिर खाेजी गरिदै

    1.2K
    SHARES



    काठमाडाैं। सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी जारि रहेकाे छ । नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा मंगलबार बिहान केही वस्तु भेटिएका थिए । जुन बसका पाठपुर्जा रहेकाे हुनसक्ने शंका गरिएकाे थियाे ।

    दिनभरको खोजीका क्रममा भारतको एनडीआरएफ र नेपालस्थित सशस्त्र प्रहरीको टोलीले उक्त बस्तु बस नभएको पुष्टि गरेका छन् । त्यसपछि अहिले खोजी पनि उक्त शंकास्पद बस्तु भएको केराघारीबाट काभ्रेघाटतिर सोझिएको छ ।

    अहिले दुवै देशका उद्धार टोली केराघारीबाट अघि बढेर काभ्रेघाटतिर पुगेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया