काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै दतिवडले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।
संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया