• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि समाचार

    माइक्रोसफ्टको सर्भरमा समस्या विभिन्न देशमा वायुसेवादेखि न्यूज च्यानलसम्म प्रभावित

    1.4K
    SHARES



    काठमाडौँ । माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि विभिन्न मुलुकका वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् । शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो ।

    समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ । माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी दिएको छ ।

    माइक्रोसफ्टको अप्रेसन सिस्टममा आएको समस्याका कारण भारतमा इन्डिगो, अकासा एयर, स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसको बुकिङ र चेक-इन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

    अमेरिकाको फ्रन्टियर एयरलाइन्सको सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टमा आएको समस्याका कारण ब्रिटेनको स्काइ न्यूज च्यानलको प्रसारण बन्द भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया