• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    रोम विद्यान पक्ष राष्ट्र हुन नागरिक संस्थाहरुको दवाव: नेपाल सरकारलाई बुझाए मुगुमा ध्यानाकर्षण पत्र

    1.3K
    SHARES



    मुगु । आज १७ जुलाई संसारभर आजको दिनलाई अन्तराष्ट्रिय फौजदारी अदालत स्थापनाको लागि रोम विधान पारित गरिएको दिनको रुपमा स्मरण गर्दै संसार भर अन्तराष्ट्रिय न्याय दिवस मनाइने गरिन्छ ।

    विभिन्न कालखण्ड युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन १९९८ जुलाई १७ मा रोम विधान पारित गरिएको थियो । हालसम्म रोम विधानको पक्षमा १२३ राष्टले हस्ताक्षर गरेर यो विधानको पक्ष राष्ट्र भैसकेका छन भने दक्षिण एसियाका बाङ्गगलादेश, अफगानिस्तान, माल्दिप्स लगायत देश पनि रोम पक्ष राष्ट्र भैसकेका छन ।

    नेपाल रोम पक्ष राष्ट्र अझैसम्म नहुँदा यहाँ युद्ध अपराध, नरसंहार, मानवता विरुद्धका अपराधका घटनामा संलग्न व्यक्तिहरू खुलेआम देश तथा विदेशमा घुमिरहेका छन । उनिहरूलाई अन्तराष्ट्रिय कानुन लगाई अदालतको कठघरामा उभ्याइ पीडित परिवारलाई न्याय दिन नेपाल रोम पक्ष राष्ट्र बनाउन औपचारिक सेवा केन्द्र (इन्सेक)को अगुवाइमा नागरिक संस्थाहरूले बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । ७७ वटै जिल्लामा नागरिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई जुलाई १७ को अवसर पारेर ज्ञापन पत्र बुझाइएको इन्सेक मुगुका प्रतिनिधि सर्जन कुमार शाहिले बताए ।

    प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ -‘पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रुपमा संङ्कल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउँदछौ । साथै मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाको क्रममा नेपालको विगतका समिक्षाहरु बाट आएको सुझावहरू मध्य रोम विधान पारित गर्नको लागि धेरै राष्टहरुले गरेको सुझाव प्रति पनि ध्यानाकर्षण गर्न चाहन्छौ । यसैगरि तत्कालीन परराष्ट्रमन्त्री माननीय उपेन्द्र यादवले २०६५ साल माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेन्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नु भएको तथ्य पनि अवगत नै छ । त्यसैले नेपाल सरकारको तर्फबाट अन्तराष्ट्रिय फौजदारी अदालत ९रोम विधान० अनुमोदन गरि अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।’

    मुगु जिल्लाबाट बुझाइएको ज्ञापन पत्रमा नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, अधिवक्ता जिल्ला बार एशोसियसन मुगुका अध्यक्ष कुवेरजङ्ग शाही,महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाही ,नया पत्रीकाका पत्रकार अच्युतराज भण्डारि,सगरमाथा टेलिभिजनका पत्रकार सनत कुमार हमाल र इन्सेक प्रतिनिधि सर्जनक कुमार शहिले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारि टोपेन्द्र केसी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया