काठमाडौं । अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका- ३ लाछिमानाकी बसन्ती बोगटीको मङ्गलबार दिउँसो गाध्यको भीरमा बाख्रा चराउन गएका बेला भिरबाट खसेको ढुँगा लागेर मृत्यु भएको हो ।
राजेश बोगटीकी श्रीमती बसन्ती खाना खाएर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् र दिउँसोको समयमा मथि भिरबाट खसेको ढुँगा लागेर मृत्यु भएको स्थानीय केशव रिमालले बताए ।
अछामलगायतका पहाडी जिल्लाहरूमा पहिरो र भिरबाट खसेको ढुँगा लागेर वर्षेनी थुप्रै मानिसको ज्यान जनोगरेको छ ।
प्रतिक्रिया