• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सांसदहरूको माग

    1K
    SHARES



    काठमाडौँ । बाढी, पहिरो पिडितहरूलाइ तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सांसदहरूले सरकारसँगमाग गरेका छन् । सोमवार बसेकाे प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।

    उनीहरुले अविरल वर्षाको कारण देशभर बाढी पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरे ।

    उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको भन्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे ।

    नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पत्तिमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गरेो ।

    उनले अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा नगरेको बताए । उनले बाढी पहिरो पीडितलाई तत्काल गरेको राहतको के व्यवस्थाका विषयमा पनि जानकारी दिन आग्रह समेत गरेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया