• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    बाढी पीडितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने

    1.1K
    SHARES



    काठमाडाैं।  महाकाली प्रादेशिक अस्पतालले बाढी पीडितहरूकाे नि:शुल्क उपचार गर्ने भएकाे छ । दाेधारा चांदनी क्षेत्रमा महाकाली नदीमा बनाइएकाे तटबन्ध भत्किएर गाउंमा बाढी पसेपछि सयाैं मनिस बाढीमा फसेकाले उनिहरूकाे अस्पतालले नि:शुल्क उपचार गर्ने भएकाे हाे ।

    अविरल बर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कञ्चनपुरको दोधारा चाँदनी, महेन्द्रनगर बजार लगायतका क्षेत्र जलमग्न भएका छन् ।

    घरभित्रै बाढी पसेर धेरै मानिसहरू प्रभावित बनेका छन् । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा बाढीमा फसेकाहरूको उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

    भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । बनबासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेजमा पानीको बहाव समेत बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया