• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    रारा तालमा डुबेर २१ वर्षीय युवकको मृत्यु

    1.6K
    SHARES



    अच्युत राज भण्डारी –मुगु । रारातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको छ । बिहीबार दिउसो पौडी खेल्ने क्रममा डुबेर ति युवकको मृत्यु भएको हो ।

    तालको पूर्वी भागमा पर्ने ठाकुर नाथ नजिकै किनारमा पौडी खेल्दैगर्दा छाँयानाथ रारा नगरपालिका -५ कार्कीबाडाका २१ वर्षीय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको हो ।

    मृतक रावल रारा ताल वरिपरि निर्माणधीन अवस्थामा रहेको साइकल लेनमा काम गर्दै थिए । अरु चार जना साथीहरूसङ्ग घर फर्कने क्रममा रावल सहित अरु साथीहरूले तालको किनारमा पौडी खेल्दा उनको डुबेर मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।

    रावल तालमा डुबेको जानकारी पाउने बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्माबाट २ वटा डुङ्गाबाट नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले लास तालबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

    घटनाको मुचुल्का पछि लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया