• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    शपथ बहिष्कार गरेका विनोदकुमार शाह कर्णालीमा मन्त्री बन्दै

    1.8K
    SHARES



    काठमाडौँ। यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई कर्णाली प्रदेश सरकारले मन्त्री बनाउँदै छ । मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

    शाहको शपथ बुधबार दिउँसो साढे ३ बजे राखिएको छ । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।

    प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति चलिरहेको छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राख्ने निर्णय गरेका थिए ।

    एमाले स्रोतका अनुसार कँडेलले पुनः शाहलाई बुधबार मन्त्री बनाउन लागेका छन् । कँडेलले शाहलाई सरकारमा नलिए असहयोग हुने देखिएपछि मन्त्री बनाएको स्रोतको दाबी छ । शाहले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया