• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इजरायलमा रोजगारीको प्रलोभन देखाउने व्यक्ति वा समूहसंग सचेत रहन रोजगार विभागको आग्रह

    73
    SHARES



    काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको बताउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

    उनकाअनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    यस्तो खालको ठगीका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको विभागमा सूचना आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताए ।

    उनले भने ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ पैसा माग्ने गरेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ, हामी छानबिन गर्दैछौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ