• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    डेटा रिकभर नभएपछि एनओसी लिन पुनः आवेदन दिनुपर्ने

    1.4K
    SHARES



    काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ ।

    वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्वर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण ४ दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।

    शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिरभन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरुको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरुलाई एनओसी दिन थालिएको छ ।

    तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको उनले बताएका छन् । पौडेलले भने, ‘मंसिर २२ यता आवेदन दिएकाहरुलाई पुनः आवेदन दिनुस् भनेका छौं । उहाँहरुको ओरिजिनल डकुमेन्ट भौतिक रुपमा रुजु गरेर एनओसी दिन्छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया