• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १७ सांसद एकैपटक चीन उडे

    1.7K
    SHARES



    काठमाडौँ । सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् ।

    चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन गएका हुन् ।

    माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हो । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही रहेका छन् ।

    यस्तै राष्ट्रियसभा सदस्यहरूमा भगवती न्यौपाने र जगप्रसाद शर्मा रहेका छन् । यता कर्मचारीतर्फ सङ्घीय संसद्का सचिव सुदर्शन खड्का, सभामुखका प्रेस विज्ञ शेखर अधिकारी र शाखा अधिकारी जीवनकुमार निरौला रहेका छन् । उनीहरू १० दिन सम्म चीनले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया