• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखराको प्याराग्लाइडिङ उडान बन्द

    1.6K
    SHARES



    काठमाडौँ। आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

    नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् ।

    यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् ।

    पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताउँछन् । ‘सबैभन्दा मुख्य कुरा कम्पनीहरू दुईतिर हुनुहुन्छ । हामी बिचमा परेका छौँ,’ उनले भने, ‘हाम्रो पनि धारणा के छ भने, यसरी बुकिङ खुला गर्दा प्रतिस्पर्धा अस्वस्थ हुन्छ । असुरक्षा बढ्छ ।’

    उनले आफूहरू छलफलकै क्रममा रहेकोले छिटै अवरोध हटाउने बताएका छन् । नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ । यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउनुपर्थ्यो, उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउँथ्यो ।

    यसरीपठाएबापत ग्राहकले १२ हजार तिर्थे, जुन निकै महँगो शुल्क हो । प्याराग्लाइडिङमा सिन्डिकेट रहेको आरोप पनि थियो । त्यसबाट हट्न खुला बुकिङ नै ठिक हुने व्यवसायी शोभित बानियाँले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया