• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते

    1K
    SHARES



    काठमाडौँ। गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । रा ५ प ३४२५ र रा ३ प ८७२९ नम्बरका मोटरसाइकल आइतबार दिउँसो करिब पौने दुई बजेतिर ठोक्किएर दुर्घटना भएका हुन् ।

    दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ६ झिगाहा निवासी अन्दाजी ४८ वर्षीय अत्तवारी भनिने मोहन यादव, गढवा गाउँपालिका वडा नम्बर ६ हाँसीपुर घर भएका अन्दाजी २७ वर्षीय कमल चौधरी र उनको साथमा रहेका अन्दाजी १९ वर्षीय प्रविन चौधरी घाइते भएका छन् ।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ