• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

    293
    SHARES



    धनगढी । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन् ।

    घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै सोमबार साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०:५० बजे मृत घोषणा गरिएको थियो ।

    त्यस्तै, राति साढे २ बजेतिर कैलारी गाउँपालिका–७ को रामपुरस्थित हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ ।

    भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए । उनलाई घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

    यस्तै, टीकापुरमा पनि राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । राति १० बजेतिर से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए ।

    १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि थारूलाई टीकापुर अस्पताल पुर्‍याइएको थियो । उनको राति साढे बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ