• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तीनकुने घटना : अदालतमा उपस्थित सतीश न्यौपानेलाई कारागार पठाउने आदेश

    269
    SHARES



    काठमाडौँ । तीनकुने घटनाका फरार तीन आरोपी बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उपस्थित तीन जनामध्ये दुई जनालाई धरौटीमा छाड्दा सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले थुनामा पठाउने आदेश गरेसँगै न्यौपानेलाई डिल्लीबजार कारागर लगिएको छ । अन्य दुई प्रतिवादीहरु विनञ्यजन थापा र राजेन्द्र जिसीलाई १५/१५ हजार धरौटीमा छाड्ने आदेश भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटनाका आरोपीविरुद्ध गत जेठ ११ गते मुद्दा दायर गरेको थियो ।

    अवाञ्छित गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँ र चार नाबालिगविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको थियो । ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

    फरार प्रतिवादी बनाइएका न्यौपाने, थापा र जिसी बुधबार अदालत उपस्थित भएका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ