• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    एकैदिन प्रतितोला तीन हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    1.4K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

    यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ