• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरीका नायव निरीक्षकको मृत्यु

    208
    SHARES



    विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ ।

    मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् ।

    उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए । घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ