• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमाले निकट अनेरास्ववियुको महाधिवेशन आज सुरु हुँदै

    431
    SHARES



    काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् ।

    महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।

    उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ ।

    ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।

    यो निर्णयसँगै अध्यक्षका दाबेदार महासचिव नरेश शाही, उपाध्यक्षहरु रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी लगायत प्रतिस्पर्धाबाट अलग हुनेछन् ।

    यससँगै सचिव पदमा रहेकाहरु दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेल लगायत दाबेदार छन् । उनीहरु सबैले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भनेर प्रचार गरिरहेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले दाबेदारको संख्या घटाउन र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएकाले जनसंगठन समन्वय संयन्त्रले सहमतिको प्रयास जारी राखेको छ । तर आइतबार महाधिवेशन उदघाटनको दिनसम्म सहमति नजुटेको एक पदाधिकारीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ