• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)

    387
    SHARES



    विराटनगर। बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको छ । मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको हो ।

    कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड यतिबेला अवरुद्ध बनेका छन् । इलामको माई नगरपालिका-७ मा महमाई-इलाम-लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । अहिले त्यहाँ बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।

    त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सोही गाउँपालिकामा लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ ।

    साँगुरीगढी गाउँपालिका-५ डाँडाँबजार , लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसले रवी-राँके सडक अवरुद्ध बनेको प्रहरीको भनाई छ । धनकुटाकै चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।

    उता सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा-बराह क्षेत्र सडक अवरुद्ध ५ । यस्तै उदयपुरमा बेलका नगरपालिका-८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झरेको छ । यसले मैनामैनी-चुहार-भोजपुर सडक अवरुद्ध छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ