काठमाडौं । नेपाल प्रहरी थप सुदृढ बनाउँदै प्रविधिमैत्री बनाइने बताइएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।
साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ । त्यसैगरी सुरक्षाकर्मीकोे क्षमता अभिवृद्धीका लागि काम गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया