• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    फाइनलका लागि मैदानमा अपराजित नेपाल, आज हङकङसँग भिड्दै

    736
    SHARES



    काठमाडौँ । चार देशीय टी–२० क्रिकेट शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक हङकङसँग भिड्दैछ। खेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

    नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ। आजको खेल जिते नेपाल फाइनलमा स्थान पक्का गर्नेछ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर सजिलै पार गर्‍यो।

    दोस्रो खेलमा नेपालले टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै कुवेतमाथि ६ विकेटको शानदार जित हात पार्‍यो। कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्‍यो।

    भुर्तेल फर्ममा, सोमपाल चम्किंदै

    ओपनर कुशल भुर्तेल उत्कृष्ट फर्ममा देखिएका छन्। उनले दुई खेलमा ५९.५० को औसतसहित ११९ रन बनाएका छन्, जसमा एक अर्धशतक सामेल छ। पछिल्लो खेलमा उनले ८१ रनको योगदान दिएका थिए।

    ओपनर आशिफ शेखले पनि एक अर्धशतकसहित ८६ रन बनाएका छन्।बलिङतर्फ सोमपाल कामी प्रतियोगिताका टप विकेट टेकरमध्ये एक हुन्। उनले १५.७५ को औसतमा ४ विकेट लिएका छन्। नन्दन कुमार यादवले पनि २ खेलमा ३ विकेट लिएका छन्।

    २ खेलमा २ जितसहित नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। हङकङ र कुवेतको समान २–२ अंक छन् भने कतार अंकविहीन छ।शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि पुनः प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल आइतबार खेलिनेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ