• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हर्षे विश्वकर्माको निधनमा नेकपा (बहुमत)द्वारा शोक व्यक्त

    478
    SHARES



    काठमाडौँ । कम्युनिस्ट पार्टी नेपाल (बहुमत) का केन्द्रीय समिति सदस्य कमरेड झलक विश्वकर्माका पिता हर्षे विश्वकर्माको ७८ वर्षको उमेरमा निधन भएको छ। कैलाली जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीस्थित आफ्नै निवासमा आज उनको निधन भएको नेकपा (बहुमत)ले जनाएको छ।

    कम्युनिस्ट पार्टी नेपाल (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोला ‘कन्चन’ले एक शोक वक्तव्य जारी गर्दै बुवा हर्षे विश्वकर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, यस कठिन घडीमा नेता झलक विश्वकर्मा र उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

    पार्टीका महासचिव कञ्चनले जारी गरेको शोक सन्देशमा भनिएको छ, “हर्षे विश्वकर्माको दुःखद निधनले हाम्रो पार्टी स्तब्ध भएको छ। हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको अवस्थामा रहेका क. झलक विश्वकर्मा लगायत सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”

    बुवाको निधनमा संगठनको श्रद्धाञ्जली

    यस्तै पिता हर्षे विश्वकर्माको निधनमा क्रान्तिकारी युवा संगठन नेपालले पनि दुख ब्यक्त गरेको छ।  संगठनका केन्द्रीय संयोजक हरिश भट्टले एक बिज्ञप्ति जारी गर्दै दुख ब्यक्त गरेका हुन्।

    संगठनले जारी गरेको शोक सन्देशमा भनिएको छ, “हाम्रो संगठन स्वर्गीय हर्षे विश्वकर्माको निधनबाट मर्माहित भएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै कमरेड झलक विश्वकर्मा तथा उहाँका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।”

    स्वर्गीय हर्षे विश्वकर्माको बिहिबार कैलालीको चिसापानीमा अन्त्येष्टि गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ