• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हानिकारक हुन्छ : माधव नेपाल

    103
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताएका छन् ।

    मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे ।

    ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।

    कार्यक्रममा नेपालले कम्युनिस्ट पार्टीहरू एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्नुपर्ने बताए । विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले तर्क राखे ।

    तर एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उनले राखे । मोर्चामा रहेका तीन पार्टी(माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने नेपालको दाबी थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ