• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    प्रिमियर लिगमा लगातार चार हारपछि सिटीको जित

    1K
    SHARES



    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ। लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो।

    इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३-० ले विजयी भएको हो।

    खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो। डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। ५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो।

    लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ। लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ।

    यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ। लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ।

    उसको २६ अंक छ। चेल्सी र आर्सनल म२८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ