• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बीआरआईबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति चिनियाँ राजदूत असन्तुष्ट

    21
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बारे दिएको अभिव्यक्तिप्रति नेपालका लागि चिनियाँ राजदूत चेन सोङले असन्तुष्टि जनाएका छन् ।

    सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपालले ऋण लिने गरी कुनै पनि सम्झौता चीनसँग नगर्ने बताएका थिए ।

    यस्तै शुक्रबार एमाले पार्टीले दरबारमार्गमा आयोजना गरेको जनजागरण सभालाई समेत ओलीले बीआरआई ऋणमा नलिने अभिव्यक्ति दिएका थिए ।

    स्रोतका अनुसार चीन भ्रमणको तयारी चलिरहेको बेला बीआरआईसँग सम्बन्धित विषयलाई लिएर प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै अभिव्यक्ति दिएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँगको भेटघाटमा चिनियाँ राजदूत सोङले चित्त दुखाएका हुन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अरु समान्य व्यक्ति वा पार्टीका व्यक्तिले धारणा राख्नु र त्यही विषयमा प्रधानमन्त्री ओलीले धारणा राख्नुमा धेरै फरक पर्ने भन्दै चिनियाँ राजदूत सोङले प्रधानमन्त्रीको तहबाट यो किसिमको कुरा आउनु राम्रो नभएको बताएका थिए ।

    चीनले प्रधानमन्त्री ओलीको भ्रमणकै क्रममा बीआरआईलाई टुङ्गो लगाउन चाहेको छ । त्यसका लागि चीनबाट प्रस्ताव पनि आइसकेको छ । तर उक्त प्रस्तावमा रहेको विवरण प्रधानमन्त्री कार्यालयले खुलाउन चाहेको छैन ।

    सत्ताधारी दल नेपाली कांग्रेसले चीनबाट आएको प्रस्तावलाई सार्वजनिक गर्न सुझाव पनि दिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा बीआरआईलाई कुनै न कुनै रूपमा कार्यान्वयनमा ल्याउन चाहेका छन् । बीआरआईका सबै परियोजना कार्यान्वयनमा नल्याए पनि अनुदानमा हुने परियोजनालाई कार्यान्वयनमा ल्याउने गरी प्रस्ताव तयार गरिरहेको स्रोतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया