• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    243
    SHARES



    काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ।

    सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् आइतबार चार अर्ब ७३ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ३४ करोडको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०७ वटा धितोपत्रको एक करोड चार लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    जानकी फाइनान्स र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूकामे प्रतिकित्ता मूल्य क्रमशः ७७५ रूपैयाँ ८० पैसा र ६१२ रूपैयाँ ८० पैसा कायम भएको छ।

    यस्तै, पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ६.०२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१५ रूपैयाँमा झरेको छ। कालिन्चोक दर्शनको मूल्य ४.३५ प्रतिशतले घटेको छ।

    उक्त कम्पनीको मूल्य एक हजार ७५ रूपैयाँ १० पैसा कायम भएको छ। सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता मूल्य एक हजार चार सय रूपैयाँमा ३३ करोड ७९ लाखको सेयर कारोबार भएको छ।
    यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८९ रूपैयाँ ७० पैसामा २४ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक १.८४ प्रतिशतले बढेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया