• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपतिसँग विपक्षी दलहरूले आज छलफल गर्ने

    65
    SHARES



    काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए ।

    बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग उनले उक्त जानकारी दिएका थिए । तर भेटघाटको तयारी भएपनि समय तय नभइसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    यद्यपि अपराह्न ४ बजे भेटघाट हुन सक्ने मल्लले बताए । राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही लगायत समसामयिक विषयमा छलफल गर्न लागिएको उनले स्पष्ट पारे ।

    यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारको सय दिनको काम असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा र अजपा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया