• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस

    165
    SHARES



    काठमाडौँ । नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

    आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

    यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए । श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् ।

    एआईजी बढुवाको सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया