• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गौशाला/धर्मशालामा भइरहेका कार्य तत्काल रोक्न मन्त्रालयको निर्देशन

    93
    SHARES



    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला/धर्मशालाबारे पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

    कात्तिक ४ गते आइतबार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठक बसेर यसबारे थप छलफल गर्ने पनि मन्त्रालयले भनेको छ।

    मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर उक्त निर्देशन दिएको हो। संस्कृतिमन्त्री कोष सञ्चालक परिषदको अध्यक्ष रहने व्यवस्था छ।

    कोष सञ्चालक परिषदको असोज २० को बैठकले ‘सरकारी निकायसँग समन्वय गरी गौशाला/धर्मशाला व्यवस्थापन गर्ने’ निर्णय गरेको थियो।

    त्यसै आधारमा कोषले असोज २२ गते गौशाला/धर्मशाला व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग सहमति गर्‍यो। लगत्तै काठमाडौं महानगरले गौशाला/धर्मशालामा नगर प्रहरी बल परिचालन गरेर त्यसका सञ्चालक मारवाडी सेवा समितिको बोर्ड हटायो र आफ्नो बोर्ड टाँग्यो।

    मारवाडी सेवा समितिले यसको विरोध गर्दै आएको छ। उनीहरू धर्मशालाको प्रवेशद्वारमा प्लाकार्डसहित प्रदर्शन गरिरहेका छन्। महानगरका नगर प्रहरी पनि हरेक दिन धर्मशाला खाली गराउन गइरहेका छन्। बुधबार पनि महानगरले धर्मशालाका केही संरचना भत्काउन दुईवटा डोजर लगेको थियो।

    यी घटनाले पशुपति क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई चिठी लेखेको हो।

    मन्त्रालयका एक उच्च अधिकारीले ‘असोज २० को निर्णय कार्यान्वयनका सन्दर्भमा त्यस क्षेत्रको शान्ति सुरक्षा भंग नहोस् र दूरगामी प्रभाव पर्ने खालका कुनै गतिविधि नहोस् भनेर चिठी लेखेको’ बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ