• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ओलीले गरे एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास

    243
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्। उनले शुक्रबार मध्याह्नमा शुभ साइत पारेर पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन्।

    भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमाले महासचिव शंकर पोखरेलले बताए।

    उनले भवनको लागत र विस्तृत परियोजना प्रतिवेदन तर्जुमाको क्रममा रहेको पनि बताए। व्यवसायी गुरूङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको बताए।

    आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको पनि उनले बताए। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने जानकारी दिए।

    २०७२ वैशाख १२ गतेको भूकम्पले एमालेको बल्खुमा रहेको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्‍याएको थियो। त्यसपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।

    पासाङ ल्हामु प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा तेस्रो पक्ष (एमाले) लाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो। त्यहाँ अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया