• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लुम्बीनीका मुख्‍यमन्त्रीले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

    253
    SHARES



    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।

    गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा गएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडि दशैं विदाभरीका लागि फिर्ता गरेका छन् ।

    उनको स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया