• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता : गृह मन्त्रालय

    507
    SHARES



    काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो ।

    प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिए ।

    आइतबार काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपत्कालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको उनको भनाइ छ ।

    उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको भइरहेको पनि जानकारी दिए । मन्त्रालयले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने जनाएको छ ।

    सम्बद्ध निकायहरूसँग समन्वय गरी अवरुद्ध राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको मन्त्रालयको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया