काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ ।
यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले बाह्रखरीलाई जानकारी दिए ।
नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
समितिका अनुसार, भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११:४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ । अमेरिकाको न्युयोकमा २०२४ अक्टोबर १२ को बिहान १०:०१ मा शुभसाइत रहेको छ ।
अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११:३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
विभिन्न देशका निम्ति सूची हेर्नोस्
प्रतिक्रिया