काठमाडौँ । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।
हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।
यसैबीच अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन् ।
सडक विभाग सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालका अनुसार देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक विभाग कार्यालयले आज दिउँसोसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।
प्रतिक्रिया