काठमाडौँ । ३ दिनदेखि परेको अविरल वर्षाका कारण देशभर बितण्डा मच्चिएको छ । बाढी पहिरो तथा डुबानमा परेर देशभर ३० जनाको ज्यान गएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ र उपत्यका बाहिरका जिल्लामा ९ जना गरी ३० जनाको ज्यान गएको छ । बाढी-पहिरोमा परेर देशभर ११ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी पहिरो तथा डुबानमा परी एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ ।
सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया