काठमाडौँ । बिहीबारदेखिको वर्षाका कारण बागमती नदीमा भिषण बाढी आएको छ । शनिबार जलसतहले सतर्कता खतरा तह पार गरेको छ भने नदी किनार क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ ।
बाढी पदा नदी किनारका घर तथा व्यवसायमा क्षति भएको छ भने युएनपार्कस्थित काठमाडौँ र ललितपुर जोड्ने एक पुल समेत बगेको छ । यसैबीच बाढीले बल्खु क्षेत्र जलमग्न भएको छ ।
विष्णुमतीको बाढी समेत मिसिएपछि बल्खु क्षेत्रमा भीषण बाढी देखिएको हो । जसकारण कलंकी क्षेत्र डुबानमा परेको छ ।
कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको छ ।
वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ ।
प्रतिक्रिया