• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन नपाइने

    472
    SHARES



    चितवन । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।

    जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

    समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

    नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ ।

    गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया