काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाबारे धारणा माग गरेका छन् ।
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति लामिछानेले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।
‘उपसभामुखको विषयमा भएको के हो ? सरकारले के गर्न खोजेको ? म तपाईंको मुखबाट स्पष्ट धारणा सुन्न चाहन्छु’, लामिछानेले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएका थिए ।
उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेकी थिइन् । उक्त पत्र रानाले आफ्नो लेटरहेडमा लेखेपनि संसद् सचिवालयलाई जानकारी गराएकी थिइनन् ।
सोही विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनको पदीय र चारित्रमाथि प्रश्न उठाउँदै सत्तापक्षका सांसदले राजीनामा मागेका थिए ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया