• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कनिष्ठलाई मुख्य सचिव बनाएको भन्दै सचिव ज्ञवालीले दिए राजीनामा

    1.7K
    SHARES



    काठमाडौँ । मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएलगत्तै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिएका हुन् ।

    सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि अर्यालले राजीनामा दिएको स्रोतले बताएको छ । वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि उनी बुधवार दिउँसोदेखि नै कार्यालयमा थिएनन् । बिहीबार ज्ञवालीले राजीनामा नै दिए ।

    ज्ञवाली राष्ट्रिय योजना आयोगमा सचिव थिए । ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई तेस्रो वरीयताका सचिव हुन् ।

    ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो । मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया