काठमाडौँ । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा छन् ।
घटनास्थलमा उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरूको मृत्यु भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ ।
अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको प्रजिअ पोखरेलले जानकारी दिए । स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएका हुन् ।
प्रतिक्रिया