काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालमा बसेकाे केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका हुन् ।
सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।
प्रतिक्रिया