काठमाण्डौ । सङखुवासभाको अरुण नदीमा जलसतह बढेको छ । रातभर परेको पानीले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार निरन्तरको वर्षाले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी बगेको छ । स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको अवस्थामा स्थानीय प्रशासन वा नजिकको प्रहरीमा जानकारी गराउन पनि आग्रह गरेको छ ।
अहिले कोशी, नारायणी, कर्णाली, महाकाली र महाकालीको सहायक नदी तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि यी नदीहरूमा पनीकाे सतह सतर्कता तह नजिक रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।
प्रतिक्रिया