• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पक्राउ परेको भोलिपल्टै छुटे प्रदेश सांसदसहित ११ जुवाडे

    1K
    SHARES



    काठमाडाैँ। जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना भोलिपल्टै छुटेका छन् ।शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो ।

    आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन् । उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरेको काठमाडौं परिसरका एक प्रहरी अधिकारी बताउँछन् ।

    जुवाखालमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, रवि श्रेष्ठ, राजु महत र माधव थापालगायत पक्राउ परेका थिए । उनीहरू सबै आइतबार नै छुटेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया