काठमाडैँ । इन्जिनियर प्रभाकर चन्द्र मल्लिकले नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखको जिम्मा पाएका छन् । प्राधिकरणको बोर्ड बैठकले गत शुक्रबार मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मा दिएको हो ।
चन्द्र यसअघि ‘एयरवर्दी नेस’ महाशाखाको प्रमुख थिए । मल्लिकले यसअघि कस्मिक एयर, सीता एयर, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रूपमा काम गरिसकेका छन् ।
प्राधिकरणको उडान सुरक्षा प्रमुखमा यसअघि मुकुल मिश्र थिए । मिश्र अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विभागीय प्रमुखमा सरूवा भएर गएका छन् ।
प्रतिक्रिया